समाचार

आज देशभर ३७२९ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु

गण्डकी खबर ।  पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनाको आरटी–पीसीआर

र एन्टिजेन परीक्षण गर्दा ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४९३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण

गर्दा २ हजार ४३० जना र ६ हजार १८२ जनाको

एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८८५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button