गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ५ संक्रमितको मृत्यु, ७०१ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पाेखराका अस्पतालहरुमा उपचाररत थप ५ जना काेराेना संक्रमितको मृत्यु भएकाे छ ।

 

मृत्यु हुनेहरुमा कास्की जिल्लाका २ जना,  पर्वत जिल्लाका १ जना,  बाग्लुङ जिल्लाका १ जना र म्याग्दी जिल्लाका १ जना

रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले शुक्रबार पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १२३ पुगेको निर्देशनालयले जनाएकाे छ ।

विवरण यस्ताे छः

पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ९२ जना पुरुष तथा ९९ जना महिला गरी १६६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय

पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३२७ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ७०१ जनामा कोरोना पोजेटिभ

देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १६६ सहित मुस्ताङका २२ जना, म्याग्दीका १२ जना, पर्वतका ३७ जना, गाेरखाका ११३ जना, लमजुङका १९ जना,

तनहुँका २७ जना, बाग्लुङका ८८ जना, स्याङ्जाका १०५ जना र नवलपुरका ११२ जना गरी प्रदेशका १० जिल्लामा ३५७ पुरुष

तथा ३४४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ९६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७१० जना निको

भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६४ हजार १ पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार १२३ पुगेको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button