समाचार

कांग्रेसले साउन २८ गते बोलायो केन्द्रीय समिति बैठक

गण्डकी खबर । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। साउन २८ गते दिउँसो २ बजे पार्टी मुख्यालय

सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।

काँग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७८ श्रावण २८ गते दिउँसो २ः००

बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । बैठकमा पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button