समाचार

स्वास्थ्य मन्त्रालयद्वारा कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप

गण्डकी खबर ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो ।

उहाँका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो ।

पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पु¥याइएको छ ।

उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो ।

अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप

लगाइसकेका छन् । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button