राशिफल

जापान सरकारले दिएको एष्ट्राजेनेका खोप नेपाल आइपुग्यो

 गण्डकी खबर । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई दिएको एष्ट्राजेनेका खोपको पहिलो चरण काठमाडौँ आइपुगेको छ।

जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो ।

बाँकी करिब पाँच लाख डोज खोप आइतबार आइपुग्ने बताइएको छ। जापान सरकारले नेपाललाई करिब १६ लाख डोज

एष्ट्राजेनेका खोप दिने प्रतिबद्धता जनाएको थियो ।

आज र भोलि नेपाल आइपुग्ने ८ लाख डोज बाहेकका बाँकी ८ लाख डोज खोप कहिले आइपुग्ने भन्ने खुलाइएको छैन ।

सरकारले कोरोनाविरुद्ध कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एष्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ। गत फागुन २३

देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button