समाचार

देशभर पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना पुष्टि,१९ संक्रमितको मृत्यु

गण्डकी खबर । देशभर पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७३ जनाको आरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८६६ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २३१ जना र ४ हजार ७०७ जनाको

एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button