गण्डकीसमाचार

गण्डकी प्रदेशका थप ५ जना काेराेना संक्रमितको मृत्यु, ५७३ जनामा संक्रमण पुष्टि

गण्डकी खबर । पाेखराका  र चितवनका अस्पतालहरुमा उपचाररत ३ जना र हाेमआइसाेलेसनमा रहेका २ जनासहित

गण्डकी प्रदेशका थप ५ जना काेराेना संक्रमितको मृत्यु भएकाे छ ।

मृत्यु हुनेहरुमा कास्की जिल्लाका ३ जना, लमजुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश

स्वास्थ्य निर्देशनालय पाेखराले शनिबार पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १२८ पुगेको निर्देशनालयले जनाएकाे छ ।

 

भने पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ९४ जना पुरुष तथा ८९ जना महिला गरी १८३ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २२० जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५७३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका १८३ सहित म्याग्दीका २४ जना, पर्वतका २ जना, गाेरखाका १०९ जना, लमजुङका २७ जना, तनहुँका ९६ जना,

बाग्लुङका ५४ जना, स्याङ्जाका १४ जना र नवलपुरका ६४ जना गरी प्रदेशका ९ जिल्लामा २८८ पुरुष तथा २८५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ७१ हजार ५४१ पुगेको छ। पछिल्लो २४ घण्टामा ५३८ जना निको

भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ५३९ पुगेको छ ।

गण्डकीमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान

गुमाउनेको संख्या १ हजार १२८ पुगेको छ।

 

 

 

मृत्यु हुनेको विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button