
गण्डकी खबर । सोमबार पनि सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर
८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुनको मूल्य तोलाको ९० हजार थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले घटेर ८८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तेजाबी सुनको मूल्य ८९ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै,चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ भएको
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



