गण्डकीसमाचार

मनाङमा झोलुङ्गे पुल बगाएपछी खोला तर्न तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

गण्डकी खबर । असार १ गते बाढीपहिराले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ ।

बाढीपहिराले सबैभन्दा बढी क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले ।

चारैतिर नदी, खोलाले घेरिएको नासों गाउँपालिका–८ ताचै पुग्न ज्यान नै जोखिममा राख्नुपर्ने अवस्था छ ।

“पानी पर्न अझै पनि रोकिएको छैन, नदी, खोला, खोल्साको बहाव बढ्ने सम्भावना उत्तिकै छ तर गाउँमा पुगेर स्थानीयको

सेवा गर्नुपर्ने भएकाले ज्यान जोखिममा राखेर पुग्ने गरेको छु”, गाउँपालिका अध्यक्ष घलेले भन्नुभयो ।

“टेलिफोन टावर छैन । आवतजावत गर्ने बाटो छैन । विद्युत् छैन । गाउँका केही घर पहिरामा भासिएका छन् ।

झोलुङ्गे पुल बगाएको छ । सडक छैन”, उहाँले भन्नुभयो, “गाउँमा वारपार गर्न चाइनिजले निर्माण गरेको एक मात्रै तुइन सहारा बनेको छ । त्यो पनि जीर्ण अवस्थाको छ ।

गाउँबाट पालिकासम्म पुग्नसक्ने अवस्था अझैसम्म पनि बनाउन सकेका छैनौँ ।”

गाउँमा सञ्चार र विद्युत् आपूर्ति नहुँदा अन्धकारमा छ । गाउँपालिकाका केही स्थानका टेलिकम टावर मर्मत तथा सौर्य ऊर्जा

जडान गरेर प्रयोगमा ल्याउने प्रयास भइरहेको छ ।

नासो–८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ गाउँले मिलेर गोरेटो निर्माण गरे पनि मस्र्याङ्दी नदी वारपार गर्न तुइनबाहेक अरु

विकल्प नभएको बताउनुहुन्छ ।

“तुइन पनि जीर्ण अवस्थामा छ । जोखिम मोलेर वारपार गरेका छौँ । केही दिनसम्म राहतले चलाउला तर सधैँ त गाह्रो हुन्छ ।

ताचैको त पूर्णरुपमा विच्छेद भएका छौँ”, गुरुङले भन्नुभयो ।

खिया लागेको लामो समयसम्म नचलेको तुइन प्रयोग गरी मस्र्याङ्दी वारपार गर्नुपर्दा घर फर्किने हो कि होइन भन्ने चिन्ताले

सताउने गरेको स्थानीय शेरजङ्ग गुरुङ बताउनुहुन्छ । नासो गाउँपालिका–९ दानाक्युबाट वडा नं ८ ताचै जान अप्पर

मस्र्याङ्दी दुई जलविद्युत् आयोजनाले जडान गरेको सामान तार्न तुइन बनाएको हो ।

“स्थानीयले बनाउन सक्नेजति त बनाएर सजिलो बनाएका छौँ नि । ठूलो नदीलाई त जित्न पनि नसकिने स्थानीय स्रोतसाधनले पनि नभ्याउने रहेछ ।

जोखिम मोल्दै सरकारको मुख ताकेर बस्नुपर्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ, “सरकारले छिटो बनाइदिए स्थानीयको खुशी

फर्किने थियो र अभिभावक रहेको महसुस गर्न पाइन्थ्यो भन्ने लाग्छ के गर्नु रु छिटो सुनुवाइ होस् ताचैवासीको अनि सम्पूर्ण मनाङवासीलाई सजिलो होस् ।”

ताचैसँगै यस गाउँपालिकाको वडा नं १ ताल, ३ नं वडाको धारापानी, खोत्रो, ५ नं वडाको थोंचे, ६ र ७ नं वडाको तिल्चे र ९

नम्बर वडाको दानाक्युमा बाढीपहिराले बढी क्षति पुर्याएको छ ।

यी गाउँ एकाापसमा सम्पर्क र आवतजावतसमेत गर्नसक्ने अवस्थामा छैनन् । केही स्थानमा गोरेटो बाटो र अस्थायी काठे पुल

निर्माण गरी आवतजावतलाई सहज बनाइएको छ ।

मस्र्याङ्दी नदीमा आएको बाढीले नासोंको प्रशासनिक भवन नै बगाएपछि पूर्णरुपमा विस्थापित भएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्नसमेत समस्या भएको छ । गाउँपालिकाको सेवा नै छिमेकी जिल्ला लमजुङबाट अस्थायी कार्यालय राखेर सेवा प्रवाह भइरहेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button