गण्डकीसमाचार

पोखरामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

गण्डकी खबर । कास्की प्रहरीले ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ ।

पोखरा २५ हेम्जा मसिनाबगर सहस्र घाट स्थित सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका पोखरा -२५

हेम्जाका ६३ वर्षीय रामचन्द्र थापाले प्रहरीमाथि अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अवैध रूपमा गिट्टी, बालुवा उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा आइतबार नदी क्षेत्रमा खटिएको प्रहरी टोलीमाथि

गालीगलौज गर्दै अभद्र व्यवहार गर्ने र हातपात समेत गर्ने प्रयास गरेपछि थापालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता,

डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो ।

थापालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत अभद्र व्यवहार मुद्दामा १० दिन म्याद

थप गरी अनुसन्धान भइरहेको हमालले उल्लेख गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button