गण्डकीसमाचार

पोखरामा युवतीलाई बलात्कार गरेको अभियोगमा स्याङ्जाका युबक पक्राउ

गण्डकी खबर । युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

२६ वर्षीया युवतीलाई पोखरा ६ खहरे स्थित एक होटलमा लगेर डर, त्रास र धाक- धम्की देखाई जबरजस्ती बलात्कार गरेको

अभियोगमा स्याङ्जा अर्जुन चौपारी घर भई पोखरा १७ बिरौटा बस्ने ३६ वर्षीय राजु भन्ने ख्याम बहादुर घर्ती पक्राउ परेको

प्रहरीले जनाएको छ ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा घर्तीलाई सोमबार पक्राउ गरीएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास कुमार

हमालले जानकारी दिनुभयो ।

घर्तीलाई जबरजस्ती करणी उद्योगमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button