समाचार

दूध बिक्री गर्ने कृषकलाईअनुदानपापत रु १८ लाख वितरण

दमौली, २६ साउन। तनहुँको बन्दीपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने

कृषकलाई अनुदानपापत रु १८ लाख वितरण गरिएको छ ।

उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीतिबमोजिम गाउँपालिकाले प्रोत्साहनस्वरुप सो रकम प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिनुभयो ।

सो सहकारी संस्थामार्फत दूध बिक्री गर्ने १५२ कृषकले अनुदानवापतको रकम प्राप्त गरेका छन् ।

सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका सञ्चालक पुष्प गैह्रेले रु एक लाख १९ हजार अनुदान रकम प्राप्त गर्नुभएको छ

भने सबैभन्दा कम पाउनेले रु तीन हजार बुझेका छन् । सो सहकारीबाट वार्षिक १३ लाख लिटर दूध बिक्री भएको थियो ।

“कृषकलाई पशुपालनतर्फ आकर्षित गराउन उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएका हाँै, यस कार्यक्रमले

यहाँका कृषक उत्साहित छन्”, उहाँले भन्नुभयो । सहकारीका अध्यक्ष छविलाल घिमिरेले सहकारीमार्फत बन्दीपुरका अलवा

आँबुखैरेनी र गोरखाको पालुङ्टारका कृषकले पनि दूध बिक्री गर्दै आएको जानकारी दिनुभयो ।

गाउँपालिकाले बन्दीपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने ६१ कृषकलाई यसअगाडि रु

एक लाख ६० हजार वितरण गरिसकेको छ ।

उक्त सहकारीमार्फत दूध बिक्री गर्नेले रु पाँच हजारदेखि रु २६ हजारसम्म अनुदान

रकम पाएका छन् । उक्त सहकारीमार्फत व्यास र भानुका कृषकले पनि दूध बिक्री गर्दै आएका छन् ।

उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यस वर्ष दूध उत्पादनमा वृद्धि आएको छ । दूधमा अनुदान

पाउनुभएका कृषक पुष्प गैह्रेले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने कृषकलाई सहयोग पुगेको बताउनुभयो ।

“गाईपालनमा ठूलो लगानी गरेका छौँ, दूध उत्पादनमा अनुदान दिने व्यवस्थाले यसतर्फ लागिरहन प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो ।

याम्पाका कृषक काशीनाथ भट्टराईले दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई प्रोत्साहन मिल्ने बताउनुभयो । “कृषकलाई

प्रोत्साहन गर्न र अन्यलाई यसतर्फ आकर्षित गर्न गाउँपालिकाले ल्याएको योजना सकारात्मक छ, अनुदानको रकम अझ वृद्धि गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

बन्दीपुरलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन

जरुरी रहेको गाउँपालिकाले जनाएको छ ।

पशुपालन गर्ने कृषकको सङ्ख्या बढेपछि गाउँपालिका दूधमा आत्मनिर्भर हुने र त्यसकै लागि कृषकलाई अनुदानको

व्यवस्था मिलाइएको बताइएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button