समाचार

जनताको भावनाअनुसार सरकारले काम गरोस् भन्ने चाहना छ : अध्यक्ष ओली

गण्डकी खबर । नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले जनताको

भावनाअनुसार काम गरोस् भन्ने आफ्नो सदिच्छा रहेको बताएका छन् ।

अघिल्लो सरकारले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले खराब नियत राखेर कतिपय कार्यक्रम

अघि बढाउन नचाहेपछि बाध्यताले केही कार्यक्रमलाई निरन्तरता दिन आनाकानी गरिएको गुनासो गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय मागेर बोल्दै अध्यक्ष ओलीले नीति, कार्ययोजना, लक्ष्य र त्यहीअनुसारकै

व्यवहार र प्रयास आफ्नो नेतृत्वको सरकारले गरेको जिकिर गरे ।

उनले समृद्ध नेपालको राष्ट्रिय आकांक्षा प्राप्त गर्न आफ्नो पार्टीले उदार र फराकिलो भावनाका साथ चुनावी तालमेल र पार्टी

एकीकरण गरेको जानकारी दिए । उनले विगतमा प्रतिपक्षसँग पनि संवाद सहमतिको सम्मानपूर्ण अभ्यास गरिएको जिकिर गरे ।

त्यो बेला सहकार्य गरेर अघि बढ्ने नीति पनि लिइएको उनले जानकारी गराए ।

कुनै नीति कार्यक्रम लिएर जनताबाट होइन अनुचित अभ्यासबाट दलभित्रका असन्तुष्टि, व्यक्तिका महत्वाकांक्षा, अहम,

कुण्ठा र महत्वकांक्षा परिपूर्ति नहुँदा त्यसले सिर्जना गरेको विकृति क्रियाकलापबाट सरकार परिवर्तन हुने स्थिति बनेको ओलीले बताए ।

विगतमा गलत कुरासँग कुनै सम्झौता नगर्दा कतिपयको अपेक्षा पूरा नभएको तथा ‘म भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि भ्रष्टाचार

गर्न दिन्नँ’ भन्दा कतिलाई धक्का पुगेको र त्यही कारण आफ्नै पार्टीभित्र पनि धक्का पुगेको उनले बताए ।

नेता ओलीले आफू देश र जनताको सेवाको निम्ति जन्मिएको तर प्रधानमन्त्री हुन नजन्मिएको जिकिर गरे । काम गर्दै जाँदा

प्रधानमन्त्री भएको र अब पनि जनताको जनमतमार्फत मूल ढोकाबाटै सरकारमा सहभागी हुने उनको भनाइ थियो ।

उनले महत्वकांक्षा, स्वार्थ, असफलताबाट उछिट्टिएर र परमादेशबाट पनि आफू प्रधानमन्त्री नभएको बताए । उनले

आफूमाथि विश्वास गरेर सुम्पिएको जिम्मेवारी अपवित्र, असंवैधानिक गठबन्धनबाट खोसिएको र त्यस्तो राजनीतिमा कहिलेकाहीँ हुने पनि बताए।

उनले अदालतको निर्णयमाथि बहस हुँदै जाने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीबाट हट्नुपरेकोमा चिन्ता छैन भने । “अदालत

जस्तो सबैले विश्वास गर्ने जनताको भरोसाको संस्था असन्तुलित नहोस् भन्नेमा मात्रै मेरो चिन्ता हो, लोकतान्त्रिक प्रणालीका

संस्था आ–आफ्नो मर्यादामा बसेर काम गरोस् भन्नेमा मात्रै मलाई चिन्ता छ”, उनले भने ।

उनले अहिले राष्ट्रिय उद्देश्यमा केन्द्रित भएको सरकारको आवश्यकता औँल्याए। अघिल्लो सरकारले धेरै राम्रो काम गरेको

तथा छिमेकीसँग सन्तुलित व्यवहार गरिएको र राष्ट्रिय सम्मानलाई झुक्न नदिएको उनको जिकिर थियो । अहिले सत्ता र

प्रतिपक्ष संवादहीन अवस्थामा पुगेको उनले बताए । कतिपय कामलाई अहिलेको सरकारले नचाहेर पनि निरन्तरता दिएको उनले बताए ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको सन्दर्भमा अध्यक्ष ओलीले संसद् छलेर उक्त कार्यक्रम किन आयो भनी प्रतिप्रश्न गरे ।

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को बारेमा नेपाली जनताले जान्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले

भने, “प्रधानमन्त्रीज्यू एमससिसीको बारेमा के गर्नुहुन्छ ? लिम्पियाधुरा, लिपुलेक, कालापानी वार्ताद्वारा फिर्ता ल्याउँछु भनेर

किन भन्न सक्नुभएन रु” अध्यक्ष ओलीले द्वन्द्वपीडितलाई न्याय दिन पनि आग्रह गरे । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button