समाचार

एकैदिन झन्डै पाँच हजार संक्रमित थपिए,३५ को मृत्यु

गण्डकी खबर । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको

आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३ हजार २१७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार १९४ जना र ५ हजार ९०६

जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ९१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ११५ जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३५ संक्रमितको मृत्यु भएको छ ।

अहिले सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button