गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ८ जना काेराेना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत  ७ जना  र भरतपुर अस्पताल चितवनमा उपचाररत १ जना कोरोना

संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टि गरेको छ ।

कास्कीकाे पोखरा १८ का ३७ वर्षीय पुरुषकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

उहाँलाई साउन १८ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा १७ का ८२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

उहाँलाई साउन २५ गते संक्रमण पुष्टि भएको थियो ।

कास्कीकाे अन्नपूर्ण १ का ५७ वर्षीय पुरुषको फेवा सिटी अस्पताल पोखरामा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

उहाँलाई साउन १२ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा १५ का ३६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई

साउन १३ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा १३  का ३३ वर्षीया महिलाकाे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा साेमबार मृत्यु भएको छ ।

उहाँलाई साउन २० गते संक्रमण पुष्टि भएको थियो ।

लमजुङकाे मध्यनेपाल नगरपालिका ४ की ७३ वर्षीया महिलाकाे संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको

क्रममा साेमबार मृत्यु भएको छ । उहाँलाई साउन १६ गते संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीकाे धाैलागिरी ३ का ९१ वर्षीय पुरुषकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा म‌गलबार मृत्यु भएको छ ।

उहाँलाई साउन २५ गते संक्रमण पुष्टि भएको थियो ।

नवलपुरकाे कावासाेती नगरपालिका ३ की ८४ वर्षीया महिलाकोे भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा साउन २०

गते मृत्यु भएको छ । उहाँलाई साउन १९ गते संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १४९ पुगेको निर्देशनालयले जनाएको छ ।

विवरण यस्तो छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button