
नुवाकोट, २६ साउन (रासस) : बालिका जबर्ज.स्ति क.रणीको कसुरमा दोषी ठहर गर्दै नुवाकोट जिल्ला अदालतले विदुर
नपा–१२ का १९ वर्षीय केदार पौडेललाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आरोपित पौडेललाई जबर्ज.स्ति क.रणीको कसुरमा दोषी ठहर
गर्दै सो फैसला गरेको अदालतका श्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पौडेलबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउनसमेत फैसला भएको हो ।
पौडेलले २०७७ वैशाख ३० गते बेलकोटगढी नपा–५ स्थित एक ओडारमा बोलाई १५ वर्षीया किशोरीलाई जबर्ज.स्ति क.रणी
गरेको प्रहरीले जनाएको छ ।
घटनाको अर्को दिन जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी दर्ता भएको थियो ।
स्थानीयवासीले उनलाई बालिका जबर्ज.स्ति क.रणी गरेको स्थानबाटै नियन्त्रणमा लिई कारवाहीका लागि प्रहरीमा बुझाएका थिए ।
जिल्ला अदालतले २०७७ जेठ २५ गते पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।



