समाचार

जुम्ली काँचो स्याउ बजारमा आयो : पहिचान गुम्ने ख.तरा

गण्डकी खबर । परिपक्व नहँुदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ ।

यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम

बगैँचामा स्याउ टिप्न थालेका छन् ।

केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु ५० का दरले स्याउ बेचेका छन् ।

सो काँचो स्याउ कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत, नेपालगञ्जका बजारसम्म पुगिसकेको छ ।

स्याउ पूर्ण रुपमा कलर वा परिपक्का भएको छैन । गुलियोको मात्रा पनि कम छ । काँचो स्याउ लैजाँदा अमिलो हुने र जुम्ली

स्याउको गुणस्तरीयतामाथि प्रश्न खडा भएको यहाँका स्थानीय तहका कृषि प्राविधिकहरु बताउँछन् ।

जुम्ला अर्गानिक स्याउको राजाधानी हो ।

स्याउको पहिचानको जिल्ला जुम्ला हो । यहाँका हरेक घरमा न्यूनतम ५० स्याउका बिरुवादेखि एक हजारभन्दा बढीबिरुवाका

स्याउका बगैँचा छन् ।

यहाँका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत समेत रहेको स्याउ पछिल्लो समयमा अपरिपक्व हुँदै काँचो टिप्नाले समस्या

देखिन थालेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

यही भदौ १० गतेभन्दा अगावै स्याउ नटिप्न किसानलाई आग्रह गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशका ठूला नाम चलेका बजारमा जुम्ली स्याउको पहिचान निकै राम्रो छ ।

पूर्ण रुपमा पाकेको स्याउ लैजाँदा बजारीकरणमा समस्या पनि आउँदैन ।

नपाकेको स्याउ बजारसम्म पु¥याउनु किसानका लागि फाइदाजनक हुँदैन । यसमा सबै किसान सचेत हुन जरुरी छ ।”

नपाकेको स्याउ लैजान नदिन सडक सञ्जालसँग जोडिएका स्थानीय सरकार र प्रहरी चौकीलाई भनिएको छ । किसान र

व्यापारीको अटेरिपनका कारण जुम्लाको काँचो स्याउ बजारमा पुगेको छ ।

सो स्याउले यहाँको पहिचान गुम्ने खतरा देखिएको उहाँको भनाइ छ ।

भदौ महिनाको दोस्रो सातादेखि मात्र जुम्ली स्याउ परिपक्व हुन्छ । एउटा स्याउमा हुनुपर्ने गुलियोपनाले पूर्णता पाउँछ ।

स्याउमा पूरै कलर भरिन्छ ।

हेर्दे आकर्षक देखिने जुम्ली स्याउ हरियो कलरमा, टर्रो स्वादमा बिक्री हुन थालेपछि समस्या हुन थालेको छ ।

जिल्लाबाहिर स्याउ निर्यातका लागि सम्बन्धित गाउँपालिका तथा वडापालिकाको सिफारिस अनिवार्य हुनुपर्छ ।

यहाँका स्थानीय तहले स्याउ पाके÷नपाकेको ख्याल नराखेर सिफारिस दिनाले समस्या भइरहेको छ ।

“हरेक वर्ष नपाकेको स्याउ निर्यात गर्न सिफारिस नदिनू होला भनिराखेका हुन्छौँ ।

तर स्थानीय सरकारले धमाधम सिफारिस दिन्छन्”, प्रमुख देवकोटाले भन्नुभयो, “जुम्ली स्याउको पहिचान बचाउन स्थानीय सरकार संवेदनशील हुनैपर्छ ।”

अहिले नै जुम्लाको व्यापारी स्याउ खोज्दै बगैँचामै पुग्छन् । बगैँचामै पुगेको व्यापारीलाई किसानले स्याउ सहजै रुपमा दिने गरेका छन् ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार बगैँचामै किसानले प्रतिकिलो रु ५० देखि ६० सम्ममा स्याउ बेचिरहेका छन् ।

यहाँको स्याउ सुर्खेत र नेपालगञ्ज बजारमा रु एक सय १० मा किनबेच भइरहेको छ ।

व्यापारीले किसानबाट स्याउ लगेर दोब्बर फाइदा असुली गरिरहेका छन् तर यहाँका किसान नपाक्दै

स्याउ व्यापारीलाई दिएर पहिचान धरापमा पार्दैछन् ।

परिपक्व भइसकेपछि टिपेको स्याउको मूल्य अझै बढ्न सक्ने कृषि प्राविधिकको भनाइ छ ।

यहाँ स्थानीय रेड, गोल्डेन, जनाथन र रोयल जातको स्याउ फल्छ ।

उन्नत जाततर्फ रेड र गोल्डेन जातको स्याउ फल्छ । उन्नत जातको स्याउ पूर्णकलर भरिसकेपछि मात्र टिपिन्छ ।

स्थानीय जातको स्याउ नपाक्दै टिप्न थालिएको छ । स्याउले बर्सेनि करोडौँको आम्दानी भित्र्याउँछ तर स्याउको गुणस्तरमका

बारेमा किसानले चासो राखेको पाइँदैन ।

जुम्ली स्याउ काँचो टिप्ने परिपाटीको अन्त्य हुनुपर्ने यहाँका सरोकारवाला बताउँछन् ।

जुम्लामा अहिले तीन हजार आठ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ ।

कृषि कार्यालयका अनुसार बर्सेनि स्याउको क्षेत्रफलमा वृद्धि भइरहेको छ ।

यो वर्ष जिल्लामा रु १६ करोड मूल्य बराबरको स्याउ बिक्री हुने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । खलङ्गा,(रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button