
गण्डकी खबर । पोखरा ११ फुलबारी भानुमार्गमा रहेकाे चिनबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना
व्यक्तिहरुलाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले मंगलबार दिउसो चिनबहादुर गुरुङसहित उनीहरुलाई नगद ७४
हजार २८० रुपैया र ४ बुक ताससहित पक्राउ गरेको हो ।
प्रहरी अनुसार उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा
सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।



