समाचार

एमसिसीका विषयमा राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्नुपर्छ : सभामुख सापकोटा

गण्डकी खबर । सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी)बारे राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्दा राम्रो हुने बताउनुभएको छ ।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उहाँले एमसिसीको बहस जनताको तहमा गइसकेकाले राष्ट्रिय

सहमतिका आधारमा मात्र छिनोफानो गर्दा राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “दलभित्रको कार्यदलको प्रतिवेदनमा सहमति बनाउनुपर्छ, कम्तीमा पनि संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय

सहमति हुनुपर्छ, यस विषयमा गठबन्धन सरकारले गम्भीरतापूर्ण सोच्ने विषय हो ।” सदनलाई प्रभावकारीरूपमा अघि बढाउन

मन्त्रिपरिषद्को विस्तारपछि अनुभवका आधारमा सर्वदलीय बैठक गर्ने सोचाइ राखिएको जानकारी दिँदै सभामुख सापकोटाले

सदनलाई विजनेश दिलाउन गृहकार्य गर्ने सन्दर्भमा सरकार र राजनीति दलका प्रतिनिधिसँग छलफललाई घनिभूत तुल्याइरहेको बताउनुभयो ।

जनताले लामो सङ्र्घष र बलिदानको उपलब्धिका रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्न

परिवर्तनकारी दलबीच निरन्तर सहमति र सहकार्य आवश्यक रहेको बताउँदै उहाँले उपसभामुखको चयन छिटो हुनुपर्छ भनी

कुरा चलाउँदै आएको उल्लेख गर्नुभयो ।

 लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिनुभएको छ । डिसीको राजीनामा प्रदेश प्रमुख

अमिक शेरचनले स्वीकृत गर्नुभएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिनुभएको हो ।

संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button