
आज मिती २०७८ साल साउन २८ गते बिहीबार । ईश्वी सन् २०२१ अगष्ट १२ तारिख ।
नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।
श्रावण शुक्लपक्ष । तिथि– चतुर्थी, दिउसो ०३ बजेर ४२ मिनेट उप्रान्त पंचमी ।
सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट,
सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा सुधार भएर जाने छ भने पुराना रोगहरु हराएर जानेछन ।
आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ ।
घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ ।
व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि
भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
तपाईको दिन धेरै राम्रो छ । दिन रमाईलो संग व्यतित हुने योग रहेको छ ।
दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ ।
रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ ।
पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ ।
चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ ।
पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग
पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ ।
राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च
पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ ।
अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ ।
व्यापार व्यावसाय फस्टाएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज तपाईको दिन उत्तम रहेको छ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ ।
उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ ।
प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ ।
आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ ।
भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।
तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
व्यापार व्यावसायमा तथा अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।
पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।
सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा
लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ ।
अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात
लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ ।
धर्मकर्ममा मन जानेछ, भने लामो दुरिको यात्रा गर्दा मन प्रसन्न रहला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ ।
पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ ।
माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ ।
स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ ।
व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष
परिमार्जन गरी आय आर्जन बढाउन सक्नेछन् ।
प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् ।
बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ ।
जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।
दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले
प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा
अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ ।
माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ ।
समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईको बि.रुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् ।
कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ ।
राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ ।
नयाँ प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।



