समाचार

स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु

गण्डकी खबर ।  पाल्पामा स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

रब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँका स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा

आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर

त्वातीले जानकारी दिए ।

कर्णबहादुरले आफ्नै घरदेखि सय मिटर नजिकै मकै बारीमा आएको स्याललाई हानेको गोली छोरा

धनबहादुरलाई लागेकोबयान प्रहरी समक्ष दिएका छन्।

प्रहरीले एक नाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान

गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button