गण्डकीसमाचार

रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

गण्डकी खबर । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले उकालो लागेर रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज रु ९२ हजार मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै रु १५ ले वृद्धि भएको छ ।

चाँदी तोलामा रु एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज रु एक हजार २६० मूल्य निर्धारण हुने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button