गण्डकीसमाचार

मुलुकको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक: बेद बहादुर गुरुङ

पोखरा,२७ कात्तिक। कास्की क्षेत्र नम्बर १ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेद्धार बेद बहादुर गुरुङ (श्याम) ले मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै आवश्यक रहेको बताएका छन् । आइतबार राष्ट्रिय युवा संघ कास्की क्षेत्र नम्बर १ कमिटीद्वारा पोखरा २६ मा आयोजना गरेको भेलामा उनले एमालेको ‘ट्वान्टी ग्यारेन्टी’ सहितको स्मार्ट भिजनले मात्र मुलुकमा स्थायित्व, बिकास, समृद्धि सम्भव रहेको बताए ।

सुखी नेपाली समृद्ध नेपाल, आर्थिक विकास, सुरक्षित छानाः पुग्छ सबैको चाहना, फाइभ जी संचारः आइटीमा चमत्कार, बैंक खाता, पढाई ः भविश्यको जग बसाई, फ्री मिटरः दश हजार लिटर, स्वस्थ महिनाबारीः १५ सय वर्षभरि, खेत बारीमा पानीः खाडीमा हैन स्वदेश मै जवानी, भूमिगत तारः सहर बजार, ५ लाख रोजगारः न्युनतम ज्याला २५ हजारजस्ता योजनाले सबै जाति, उमेर समूह र बर्गलाई समेटेको उनको भनाई छ । ‘युवाहरुको भविश्यलाई मध्यनजर गर्दै उज्यालो भिजनका साथ ट्वान्टी ग्यारेन्टीका विभिन्न विषयहरुलाई अघि सारेका छौं।’ उनले भने, ‘यो पार्टीमा मात्र युवाको भविश्य छ। पार्टीको महाधिवेशन नै हिलटेक ट्यांकीमा गर्ने पार्टीसंग स्मार्ट भिजन छैन । त्यसमा युवाको भविश्यपनि छैन ।’

अर्को प्रसंगमा उनले मंसिर ४ को निर्वाचन सत्य र असत्य, अँध्यारो र उज्यालो बीचको जनमत संग्रह भएको बताए। उनले यस्तो ऐतिहासिक क्षणमा युवा र एमालेका कार्यकर्ताहरु सत्यको पक्ष उभिन आव्हान गरे । उनले अहिलेको सरकारको कारण मुलुकमा निराशा छाएको आरोप समेत लगाए । नेकपा एमाले कास्कीले निर्वाचन केन्द्रित विभिन्न गतिविधिहरु बढाएको छ । उम्मेद्धार बेद बहादुर गुरुङ र प्रदेश तर्फका समानुपातिक उम्मेद्धार नन्दकला परियार नेपाली सहितको टिम आइतबार पोखरा १४ का विभिन्न स्थानहरुमा पुगेर मतदाता भेटेका छन् । उनीहरुले मतदाता समक्ष आफ्नो योजना सुनाएको कुरा बताए । सो वडा नन्दकला परियार नेपालीको गृहवडा पनि हो। पोखरा १४ स्थित मझेरीपाटनमा भएको घरदैलो कार्यक्रममा बेद बहादुर गुरुङले एमालेले जिताए समृद्धीको सुर्य उदाउने र नेपालले नयाँ युगमा प्रवेश गर्ने कुरा बताए । त्यस्तै समानुपातिक उम्मेद्धार नन्दकला परियारले देशमा स्थायित्व कायम गर्न एमालेलाई बहुमत दिलाउन पर्ने कुरा व्यक्त गरिन् ।

पहिलो पल्ट संसदीय चुनाव लड्दै गरेका बेद बहादुर गुरुङ मादी गाउँपालिकाको संस्थापक अध्यक्ष हुन ्। उनले मादीमा ५ वर्षे कार्यकालमा थुप्रै काम गरेका दाबी गरेका छन् । आफ्नो कार्यकालमा विजयपुर ढांडबेसीं खोलामा पक्की पुलको निर्माण सम्पन्न गरेको, मादी नदिको ज्याउदुको रोकिएको पुल निर्माण सम्पन्न गरेको, पोखरा देखि याङ्जाकोट जोड्ने पिच बाटोको सुरुवात, पोखरा देखि सिक्लेससम्मको पिच बाटो सुरुवात गरेको, मिजुरे,भाचोक, मादी १२ र ५ मा एक घर एक धारा खानेपानी योजना, कोरी, क्रपू, कपुचे जस्ता स्थलमा पर्यटन विकासमा विभिन्न कार्यक्रम सम्पन्न गरेको, ६ वटा झुलुङ्गेपुलको डिपिआर, १५ शैयाको अस्पताल निर्माण, वार्दीखोला, ईदीखोला र मकैखोलामा एकै पटकमा मोटरेबल पुलको शिलान्यास गरेको जस्ता अनगिन्ती काम गरेको कुरा बताए ।

गुरुङको जन्म गाउँ कास्कीको उत्तरी भेग ताङतिङ हो । ४५ साल देखि कम्युनिस्ट आन्दोलनमा लागेका उनी पटकपटक गरि २१ दिन जेल जीवन बिताए । राजनीतिक मात्र नभई कलाकारिताको हिसाबले पनि उनी यस क्षेत्रका लोकप्रिय छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button