गण्डकीसमाचार

पोखराबाट स्कुटर चोरी बिक्रीका लागि आबुँखैरेनी पुर्याउने एक पक्राउ

पोखराबाट स्कुटर चोरी गरेर बिक्रीका लागि आबुँखैरेनी पुर्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा-१८ खहरेबाट लु २७ प ५२२७ नम्बरको स्कुटर चोरी गरि मोटरसाइकल वर्कसपमा बिक्री गर्न पुगेका १८ वर्षीय प्रकाश विकलाई प्रहरीले पक्राउ गरेको हो । लमजुङको बेशीशहर-३ घर भई कास्कीको मादी गाउँपालिका बस्दै आएका विकले आइतबार बिहान ३ बजे स्कुटर चोरी गरेको प्रहरीले जनाएको छ । उनलाई तनहुँको आनुँखैरेनी गाउँपालिका-३ मा रहेको विश्वकर्मा मोटरसाइकल वर्कसप चिसापानीबाट इलाका प्रहरी कार्यालय आबुँखैरेनीको टोलीले पक्राउ गरेको थियो ।

विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको पनि प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button