गण्डकीसमाचार

गण्डकीमा ट्राफिक जरिवानाबाट मात्रै उठ्यो साढे १६ करोड राजस्व

गण्डकी प्रदेशमा एक वर्षको अवधिमा ट्राफिक जरिवानाबाट मात्रै करिब साढे १६ करोड राजस्व उठेको छ ।

वि.सं २०७८ को माघदेखि २०७९ पौष मसान्तसम्मको अवधिमा दुई लाख २५ हजार ५ सय ६३ सवारी नियम उल्लंघनका घटनामा जरिवानास्वरुप १६ करोड ४३ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको हो । अघिल्लो सोही एक वर्ष अवधिको समयमा भने जरिवानाबाट ८ करोड ८८ लाख २ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।

अघिल्लो वर्ष भन्दा कारवाही संख्या ६९ प्रतिशतल्व बढेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । यस अवधिमा ट्राफिक प्रहरीले चालक सचेतनाका लागि रोड सेफिटी टिप्स, रोड सेफिटी कर्नर, नमस्ते अभियान, चालकसँग एक मिनेट अभियानजस्ता कार्यक्रमहरु पनि सञ्चालन गरेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button