गण्डकीसमाचार

स्याङ्जामा गुम्बादेखि वडासम्म एकै रातमा शृङ्खलाबद्ध चोरी

स्याङ्जाको आँधीखोला गाउँमा गुम्बादेखि वडा कार्यालयसम्म एकै रातमा शृङ्खलाबद्ध चोरी भएको छ ।

आँधीखोला गाउँपालिकाको माझकटेरी राजस्वाँरा, पञ्चमूल, सिरुबारी र धारु गाउँमा रहेको वडा कार्यालय, डिपार्टमेन्ट स्टोर्स, बैंक, सहकारी, गुम्बा, पसल र सर्वसाधारणको घरमासमेत चोरी भएको हो । गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालयबाट २ लाख राजस्व चोरी भएको छ भने गाउँमा रहेको ऐतिहासिक गुम्बा तोडफोड तथा दानपेटिकाबाटसमेत चोरी गरिएको छ ।

त्यसैगरी पञ्चमूल दीगो कृषि सहकारी संस्था, बगाले डिपार्टमेन्टल स्टोर्स, सात वटा पसल र दुई वटा घरमासमेत चोरी भएको छ । घटनामा चोरी भएको पैसा, गरगहना, सामानको यकीन विवरण अझै आइसकेको छैन । घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ भने शृङ्खलाबद्ध चोरीको घटनाबाट स्थानीयवासी त्रसित बनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button