खेलकुदगण्डकीसमाचार

पोखरामा क्यानको बोर्ड बैठक, १८ पुरुष र १२ महिला खेलाडी केन्द्रीय करारमा

पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले १८ पुरुष र १२ महिला खेलाडीलाई ६ महिनासम्म केन्द्रीय करारमा राख्नेलगायत विभिन्न निर्णय गरेको छ ।

केन्द्रीय करारमा रहेका पुरुष खेलाडीमध्ये ५ जनालाई ग्रेड ए मा, ३ जनालाई ग्रेड बी र १० जना ग्रेड सि मा राखिएको छ । ग्रेड ए मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ सेख रहेका छन् । यसैगरी महिलातर्फ ३ जनालाई ग्रेड ए मा, ३ जनालाई ग्रेड बी र ६ जना ग्रेड सि मा राखिएको छ । ग्रेड ए मा रुविना क्षेत्री, सीता राना मगर र इन्दु वर्मा रहेका छन् ।

यसैगरी बैठकले अन्डर-१९ टोलीको कप्तानमा गुल्सन कुमार झालाई मनोनयन गरेको छ । बैठकको अन्य निर्णयमा फागुन १४ र १५ गते कर्णालीको सुर्खेतमा संघको वार्षिक साधारण सभा गरिने, सन्दीप लामिछानेको निलम्बन फुकुवा गरिनेलगायतका निर्णय छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button