विश्वसमाचार

जाने हैन त हङकङ, बाँडिदैछ पाँच लाख फ्री हवाई टिकट

हङकङले पर्यटन प्रबर्द्धन गर्न पाँच लाख हवाई टिकट सित्तैमा बाँड्ने भएको छ ।

हङकङका प्रमुख नेता एवम् कार्यकारी निर्देशक जोन लीले “हेलो हङकङ” नामको उक्त पर्यटन प्रबर्द्धनात्मक कार्यक्रमको बिहीबार घोषणा गरेका हुन् । हङकङ हार्बर नजिकै रहेको त्यहाँको मुख्य सम्मेलन केन्द्रमा अभियानको शुरु गर्दा झिलिमिली नियोन लाइट बालेर विश्वका विभिन्न भाषामा नाराहरु प्रदर्शन गरिएका थिए ।
कोभिडका कारण विगत तीन वर्षदेखि सुस्ताएको पर्यटन उद्योगलाई चलायमान बनाउन सो अभियानको घोषणा गरेको जनाइएको छ ।

लीले अभियानको उद्घाटन समारोहमा बोल्दै अब हङकङ पर्यटकका लागि खुला रहेको र त्यहाँ व्यवसाय तथा लगानी गर्न पनि अवसर रहेको बताएका थिए । उनले अब हङकङमा कुनै पनि किसिमको आइसोलेसन, क्वारेन्टिन नरहेको र हङकङको बजार डुल्न रम्न कुनै बन्देज नरहेको पनि बताए । चीनको शून्य नीतिलाई अपनाउँदै कोभिड संक्रमण फैलिएको तीन वर्षसम्म नै हङकङमा सीमा बन्द, तीन हप्ते अनिवार्य क्वारेन्टिन, नियमित चेकजस्ता कडा नियम अपनाइएका थिए ।

गत डिसेम्बरमा चीनले कोभिड सम्बन्धि धेरैजसो नियमहरु हटाउने निर्णय गरेसँगै हङकङ पनि खुलेको थियो । हङकङ खुलेको सन्देश पुर्याउन यस अभियान साथै विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य रहेको पनि लीले बताए । क्लकेनफ्ल्याप सङ्गीत महोत्सव, रग्बी सेभेन्स प्रतियोगिता, हङकङ म्याराथन जस्ता कार्यक्रमहरु आयोजना हुने पनि उनले बताए ।

क्याथवे प्यासिफिक, हङकङ एक्सप्रेस र हङकङ एयरलाइन्सले अन्तर्राष्ट्रिय यात्रुहरुलाई आगामी ६ महिनासम्म बाँड्न फ्री टिकट प्राप्त गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button