कास्कीगण्डकीसमाचार

सामाजिक सञ्जाल ह्याक गरि ठगी गर्ने पोखराका आशिष पक्राउ

अमेरिकामा बस्ने नेपालीको सामजिक सञ्जाल ह्याक गरि ठगी गर्ने पोखराका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् ।

साइबर ब्युरोका अनुसार परियारले प्रोफाइल ह्याक गरि त्यहाँ भएका आफन्त तथा साथीसँग सहयोग मागेर विभिन्न डिजिटल वालेटमा रकम पठाउन लगाउने गरेका थिए । त्यसैक्रममा एक जना साथीलाई केही रकम आवश्यक परेको भनेर मेसेज आएको र ५० हजार पठाइदिएपछि थप बुझ्ने क्रममा पैसा पठाइदिने साथीको एकाउन्ट ह्याक भएको थाहा पाएका थिए ।

त्यसपछि पीडितले साइबर व्युरोमा उजुरी गरेपछि अनुसन्धानबाट परियारको कर्तुत खुलेको थियो । परियारले प्राविधिक सबुत, प्रमाण र ह्युमन इन्टेलिजेन्सका आधारमा प्रोफाइल ह्याक गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरि काठमाडौँ जिल्ला अदालतबाट साइबर अपराधसम्बन्ध ठगी अपराधअन्तर्गतको कसुरमा दुई दिन म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button