कास्कीगण्डकीसमाचार

“संस्कृति संरक्षणमा चापाकोट मेलाको उत्कृष्ट भूमिका” : मेयर आचार्य

चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा २४ गतेदेखि सुरु भएको महोत्सवमा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महोत्सवले संस्कृति संरक्षणमा उत्कृष्ट भुमिका खेलेको बताएका छन् ।

महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रमको अवलोकन गदै उनले यस्ता महोत्सवको आवस्यकता रहेको बताए । पोखराको पञ्चासे र फेवाताल संंरक्षणमा पोखरा २३ को भुमिका उल्लेखनीय रहेको बताए । पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले २३ नं वडा विकासमा पछि परेको गुनासो गदै पोखराको मुख्य सहरी क्षेत्रमा जस्तो विकास हुनुपर्ने पर्ने बताए । उनले आगामी दिनमा सोही अनुसारको विकास योजना २३ मा राखिदिन आग्रह गरे ।

२८ गते सम्म हुने महोत्सवमा विभिन्न कार्यक्रम एवम् प्रतियोगिताहरु आयोजना हुँदैछन् जसमध्ये नौमती बाजा प्रतियोगितातर्फ ५ टिमको सहभागी भएका छन् । यस विधामा प्रथमलाई ३३ हजार ३ सय ३३, द्धितिया २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्त्वनालाई ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सिन्धुली कला घरको टिमको तर्फबाट सबै महिला कलाकारले बाजा बजाएका थिए । उनीहरुले ९ भन्दा बढी तालमा बाजा बजाएका थिए ।

भजन प्रतियोगितातर्फ ७ टिम सहभागी भएका छन् । यसतर्फ पनि प्रथमलाई ३३ हजार ३ सय ३३, द्धितीयलाई २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ सान्तवनालाइउ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिनेछ । यसैगरी उस्तै पुरस्कार रकम रहेको रत्यौली प्रतियोगितातर्फ ९ टिम सहभागी रहेका छन् । सबै प्रतियोगितामा सहभागी मध्य केहीको प्रस्तुती भएको छ ।

महोत्सवमा यसलगायत पुरुष तथा महिला दौड प्रतियोगिता, बाल नृत्य प्रतियोगिता, दुना टपरी बुन्ने प्रतियोगिता, घैटो फुटाउने खेल पनि आयोजना हुनेछ । यसैगरी उद्घाटन समारोहमा भएको झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार रुपैयाँ र सान्त्वना स्वरुप १ हजार रुपैयाँले सम्मान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button