राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी सस्पेन्सनमा परेका छन् ।
निलम्बित हुने प्रहरीमा वरिष्ठ हवल्दार शम्भुजङ्ग गुरुङ रहेको प्रहरीले जनाएको छ । जनसेवा प्रहरी वृतमा कार्यारत गुरुङलगायतका प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसरमै लाठीचार्ज गरेका थिए । घटनामा सिंहको टाउकोमा चोट लागेर घाइते भएका थिए । घटना पछि चिकित्सकहरुले कुटपिटमा संलग्न प्रहरीलाई कारवाही गर्न माग गरेका थिए ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्कने क्रममा प्रहरीले।बाटो खाली गराएको थियो । सोही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई प्रहरीले लाठी चार्ज गरेका थिए ।