कास्कीगण्डकीसमाचार

पोखरा महानगर सहकारी संघका अध्यक्ष एवम् व्यवसायी गौतम मृत फेला

पोखरा महानगर सहकारी संघका अध्यक्ष एवम् व्यवसायी बलराम गौतम मृत अवस्थामा फेला परेका छन् ।

माघ २ गतेदेखि नै सम्पर्कविहीन रहेका गौतम वीरगञ्जमा मृत अवस्थामा फेला परेका हुन् । गौतमले आफन्तलाई आफू भारतमा रहेको मेसेज पठाए पनि उनी माघ २८ गते शनिबार वीरगञ्जको बसपार्कमा मेचमा मृत अवस्थामा फेला परेका हुन् । मेचमा टाउको दाहिनेतर्फ झुकेको अवस्थामा फेला परेका गौतमकोछेवैमा उनले खाइरहेको चियाको गिलास पनि रहेको थियो । उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन ।

गौतम पोखरामा वातावरण मैत्री कपडाला ब्याग उत्पादन गर्ने व्यवसाय लगायत विभिन्न व्यवसायिक एवम् सामाजिक संस्थासँग जोडिएका व्यक्तित्व हुन् । पोखरा ४ गैर्हापाटन बस्दै आएका गौतम सहकारीकर्मी, अभियन्ता तथा सामाजिक व्यक्तित्व पनि हुन् ।

उनको शव पोखरा ल्याई आजै ९ बजे तुलसीघाट लगी अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । उनको श्रीमतीसहित ३ छोरी रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button