कास्कीगण्डकीसमाचार

पोखराको महेन्द्रपुलमा सवारी दुर्घटना, आमाछोरा घाइते

पोखराको महेन्द्रपुलमा पजेरोले ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

बा १३ च २६६२ नम्बरको पजेरोले बाटोमा हिडिँरहेका आमाछोरालाई ठक्कर दिएपश्चात गाडी पुलको रेलिङमा ठोक्किएको छ । घाइते हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ की ५२ वर्षीया फूलमाया विक र उनको १८ वर्षीय छोरा विष्णु विक रहेका छन् ।

गाडीलाई पुलको रेलिङले नदीमा खस्नबाट जोगाएको थियो । महेन्द्रपुल मुनि निकै गहिरो खोंचमा सेती नदी बगेको छ । घाइते दुवैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ भने गाडीलाई क्रेनको सहायताले तानेर सडक सुचारु गरिएको छ ।

गाडीलाई पार्किङबाट निकाल्ने क्रममा घटना भएको प्रत्यक्षदर्शीको भनाई छ । पजेरो चालक चन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button