समाचार

आज देशभरकै मौसम सफा रहने

आज देशको केही भूभागमा हल्का बदली रहे पनि देशभरिको मौसम सामन्यतया सफा रहेको मौसम विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका केही भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज रातिसम्म देशभरिकै मौसम सामान्यतया सफा नै रहने विभागले जनाएको छ ।

कुनै पनि वायु प्रणाली सक्रिय नहुँदा वर्षा र हिमपातको सम्भावना पनि रहेको छैन । यो वर्ष पश्चिमी वायुको प्रभाव न्यून रहँदा देशभरिनै हिउँदे वर्षा लगभग शून्य जस्तै छ भने हिमाली भूभागमा हिमपात पनि निकै कम भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button