गण्डकीसमाचार

नवलपरासी पूर्वमा लागूऔषधसहित दुई पक्राउ

नवलपरासी पूर्वमा लागूऔषधसहित दुई पुरुष पक्राउ परेका छन् ।

सोमबार मध्यराति करिब १२:०५ मा नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका-२ नारायणी नदी पुल हुँदै गैँडाकोट बाट चितवनतर्फ पैदल जाँदै गरेका ३१ वर्षीय दिपक बोटेलाई प्रहरीले पक्राउ गरेको हो । नवलपरासी पूर्व गैँडाकोट-२ बस्दै आएका बोटेको साथबाट प्रहरीले कालो प्लास्टिकको पोलिथिनमा लुकाई छिपाई राखेको नुर्फिन-४८ एम्पुल, फेनरागन-४८ एम्पुल, डाईजापाम-४८ एम्पुल गरी जम्मा १४४ एम्पुल लागूऔषध बरामद गरेको हो ।

यसैगरी मङ्गलबार नै बिहान ९:४५ बजे नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गमा ना ८ ख १९९८ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा सोही बसमा सवार १८ वर्षीय कर्ण योगी सेतो हेरोइनसहित पक्राउ परेका छन् । दाङ घोराही उप-महानगरपालिका-१० घर भएका योगीको साथबाट १ ग्राम २०० मिलिग्राम सेतो हेरोइन र एक लाख नगद बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवैलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको पनि उल्लेख गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button