खेलकुदसमाचार

च्याम्पियन्स लिग : स्टार सुसज्जित पिएसजीको हार, बायर्न र एसी मिलान विजयी

च्याम्पियन्स लिगको अन्तिम १६ मा बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन(पिएसजी) र एसी मिलानले टोटेनहमलाई समान १-० गोल अन्तरले पराजित गरेका छन् ।

गए राति भएको खेलमा पिएसजी घरेलु मैदानमा म्युनिखसँग १-० गोल अन्तरले स्तब्ध हुन पुग्यो । म्युनिखका लागि किङ्ग्स्ले कोमनले दोस्रो हाफमा गरेको गोल नै जीतका लागि पर्याप्त रह्यो । खेलको नियमित समयको ८ मिनेट बाकिँ छँदा पिएसजीका किलियन एम्बाप्पेले गोल गरेपनि “भार” प्रणालीले उक्त गोललाई अफसाइड करार गरिदिँदा पिएसजीले बराबरीको मौका गुमायो । अन्तिम समयतिर १० खेलाडीमा सीमित रहेपनि बायर्नले अग्रता कायम राख्यो र आफ्नो घरेलु मैदानमा हुने दोस्रो लेग तुलनात्मक रुपमा सहज बनायो ।

यता सानसिरोको घरेलु मैदानमा एसी मिलानले टोटेनहम हटस्पर्सलाई १-० गोल अन्तरले पराजित गर्यो । ११ वर्षपछि टोलीलाई च्यम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुर्याइन मिलानका लागि ब्राहिम डियाजको गोल निर्णायक रह्यो । खेलको सातौँ मिनेटमै डियाजले गरेको गोल नै खेल अवधिभरिको एक मात्र गोल बन्यो र मिलानले होम गेममा एक गोलको अग्रता बनायो । क्वाटरफाइनलमा पुग्न अब मिलानलाई दोस्रो लेगमा टोटेनहमलाई उस्कै घरेलु मैदानमा रोक्नुपर्ने हुनेछ ।

च्याम्पियन्स लिग अन्तर्गत नै आज राती क्लब ब्रगले बेन्फिकाको सामना गर्नेछ भने बोरुसिया डोर्टमुन्ड चेल्सीसँग खेल्नेछ । दुवै खेल नेपाली समय अनुसार मध्य राति १:४५ बजे हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button