समाचारसूचना / प्रविधि

पोखरामा सामसुङको ‘ग्यालेक्सी एस २३’ स्मार्टफोन सिरिज लञ्च

पोखरा । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी एस २३ स्मार्टफोन सिरिज लञ्च गरेको छ । ग्यालेक्सी एस २३ सिरिजमा शक्तिशाली क्यामेराका साथै उत्कृष्ट गेमिङ फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । केहिदिन अघि काठमाण्डाैमा लञ्च गरिएकाे ग्यालेक्सी एस २३ सिरिज पोखरामा आइतबार सार्वजनिक गरिएको हाे ।

पोखरा ग्राण्डमा एक समाराेहबीच गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बुद्धिराज गुरुङ, आइएमएस ग्रुपका जनरल म्यानेजर कैलाश ऐर र सामसुङका प्रोजेक्ट म्यानेजर सृष्टि शाक्यले एस २३, प्लस र अल्ट्रा सार्वजनिक गरे ।
यसअघि, सामसुङले हायात होटलमा माघ २५ गते आयोजित एक भव्य कार्यक्रमबीच सामसुङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसुङका निर्देशक प्रणय रत्न स्थापित, नायक अनमोल के.सी. र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमा प्रस्तुत गरिएको थियाे ।

सामसुङको नयाँ ग्यालेक्सी २३ को आधारभूत मूल्यमा ग्यालेक्सी एस २३, मध्यम मूल्यमा ग्यालेक्सी २३ प्लस र सिरिजको सबैभन्दा उच्च मूल्यमा एस २३ अल्ट्रा छ । कम्पनीको अनुसार एस २३ को नेपाली बजार मूल्य १ लाख २७ हजार ९९९, एस २३ प्लसको १ लाख ५१ हजार ९९९ तथा एस २३ अल्ट्राको मूल्य २ लाख ९ हजार ९९९ तोकिएको छ ।

पोखरामा प्रि–बुकिङ सुरु, चाँडै किने धेरै सुविधा

यी तिनवटै फोनको अन्तर्राष्ट्रिय बजारमा बुधबारदेखि नै प्रि अर्डर सुरु भएको छ भने फेब्रुअरी १७ देखि बजारमा उपलब्ध गराइनेछ । पोखरामा पनि प्रि–बुकिङ सुरु भएको छ । अबकाे १० दिन अर्थात् फेब्रुअरी २२ सम्म अर्डर गर्नेलाई ३५ हजार बराबरकाे थप सामाग्री प्राप्त गर्ने पनि कम्पनीले जनाएकाे छ । पूराना जुनसुकै फाेन ल्याएर ग्यालेक्सी एस २३ सिरिजसँग एक्सचेञ्ज गर्दा ८ हजार बढी मूल्य दिइने पनि कम्पनीले जानकारी दियाे भने १ वर्षसम्म टुटफुट भएमा कम्पनीले नै ब्यहाेर्ने पनि जानकारी दिएकाे छ । सामसुङ नेपालका चिफ सेल्स मेनेजर बद्री खड्काले सञ्चालन गरेकाे कार्यक्रममा पाेखरा डिस्ट्रिब्यूटर्स प्रमुख शुशिल कुमार गुरूङ लगायत गण्डकीका विभिन्न जिल्लाका डिस्ट्रिब्यूटर्स प्रमुखहरू, मिडियाकर्मीकाे उपस्थिति रहेकाे थियाे ।

फिचर्स
क्यामेरा र प्राेसेसर
नयाँ सिरिजका स्मार्टफोनमा क्यामरा फिचर्समा आमूल सुधार गरेको सामसुङको भनाइ छ । ग्यालेक्सी एस २३ अल्ट्रामा २ सय मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । उक्त उच्च क्षमतायुक्त adaptive pixel सेन्सरले कम प्रकाश भएको ठाउँमा पनि प्रष्ट, चम्किलो तथा विस्तृत तस्वीर खिच्न सक्नेछ । Lowlight photography का लागि उपयुक्त भनिएको यो फोनमा क्यामरालाई शक्तिशाली बनाउनका लागि सामसुङले क्वालकोमसँगको सहकार्यमा तयार गरेको आफ्नै चिपसेट प्रयोग गरेको छ भने आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको पनि प्रयोग गरिएको छ । ग्यालेक्सी एस २३ अल्ट्रामा astro hyperlapse नाम भिडियो फिचर पनि रहेको छ । यो फिचरको माध्यमबाट प्रयोगकर्ताले ताराहरुको चाल जस्तै निश्चित समयको अन्तरका चल दृश्य खिच्न सक्नेछन् र त्यसका लागि अरु कुनै विशेष उपकरणको आवश्यकता पर्नेछैन ।

यसले एकैपटकमा उच्चतम रिजोलुसनका धेरै स्तरहरुलाई साथ दिन पिक्सल बिनिङ प्रयोग गर्दछ । ग्यालेक्सी एस २३ अल्ट्रामा भएको एस पेनले टाइमर सेट नगरेरै ग्रुप फोटो खिच्न सहज बनाइदिन्छ । सबै प्लेटफर्महरुमा कुविक सेरेका साथ उच्च रिजोलुसनका फोटोहरु आदानप्रदान गर्ने सुविधा भने छ । ग्यालेक्सी एस२३ सिरिजका कुनै पनि डिभाइसमा अधिक शक्तिशाली चिपसेट जडान गरिएको छ । सामसुङका नयाँ स्मार्टफोनमा गेमिङ क्षमता पनि उच्च रहेको छ । यसको शक्तिशाली ब्याट्रीका कारण प्रयोगकर्ताहरुले स्मार्टफोनमा लामो समयसम्म गेम खेल्न सक्नेछन् । एस २३ अल्ट्रामा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ । त्यस्तै एस २३ प्लसमा ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री छ । त्यस्तै Snapdragon 8 Gen 2 प्रोसेसर रहेको छ ।

एस २३ अल्ट्रा विभिन्न तीनवटा स्टोरेज अप्सनमा उपलब्ध छ । सबैभन्दा महंगो मोडेलमा १२ गिगाबाइटको र्याम र १ टेराबाइटको मेमोरी उपलब्ध छ । दोश्रोमा १२ जिबीको र्याम र ५१२ जिबीको मेमोरी छ भने तेश्रोमा १२ जिबीको र्याम र २५६ जिबीको मेमोरी रहेको छ । त्यस्तै ग्यालेक्सी एस २३ प्लसमा एउटा मोडेल ८ जिबीको र्याम र २५६ जिबीको मेमोरी तथा अर्को मोडेल ८ जिबी र्याम र ५१२ जिबी मेमोरीयुक्त छ । त्यस्तै आधारभूत ग्यालेक्सी एस २३ मा चाहीँ ८ जिबी र्याम र १२८ जिबी मेमोरी भएको सस्तो मोडेल तथा ८ जिबी र्याम र २५६ जिबी मेमोरी भएको महंगो मोडेल उपलब्ध छ ।

डिस्प्ले
ग्यालेक्सी एस२३ अल्ट्राको एक्सपानसिभ डिस्प्ले ग्यालेक्सी स्मार्टफोनमा उत्कृष्ट र उज्यालोे भिजुअल अनुभव दिन्छ । ग्यालेक्सीमा भएको युनिक इन्हान्सद कम्फोर्टले तपाईंलाई मधुरो प्रकाशमा तपाईंको आँखामा स्क्रिन निझाउन मद्दत गर्दछ किनकी ग्यालेक्सी एस२३ सिरिजको कन्ट्रास्ट अनुपातहरु आँखामा तनाव कम गर्ने गरी डिजाइन गरिएका छन् । उत्कृष्ट दृश्यावलोकनका लागि ग्यालेक्सी एस२३ को डिस्प्ले पहिलेको भन्दा उज्यालो छ । यसको माथिल्लो स्तर १७५० निट्स पुगेको छ (१३०० निट्सबाट बढेर) । भिजन बूस्टरका साथ हाम्रो डिस्प्लेले ३ तहाके उज्यालोपना र रङ समायोजनका साथ वातावरणको प्रकाशलाई अनुकूल बनाउँछ ।

डिजाइन र टिकाऊ
एस२३ सिरिजका नयाँ स्त्यन्डर्ड सेटिङ आविष्कारहरु एक आकर्षक डिजाइनका साथ तयार पारिएका छन्, जसमा कुनै पनि ग्यालेक्सी स्मार्टफोनको अझ पुनः प्रशोधित पदार्थहरुका साथ सामसुङको दिगो प्रतिबद्धता झल्किन्छ । एस २३ सिरिज युएल इकोलागो प्रमाणित छन्, जसले उत्पादित सामान वातावरणीय असर कम पार्नका लागि सक्षम छन् भन्ने प्रमाणित गर्दछ । एकपटक मात्र प्रयोग हुने प्लाष्टिकहरु हटाउन ग्यालेक्सी एस२३ सिरिजले एक दिगो स्रोतको रुपमा रहेको १०० प्रतिशत पुनः प्रशोधित कागजबाट पुन निर्मित बक्समा प्रयोग गरिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button