कास्कीखेलकुदगण्डकीसमाचार

आठौँ संगम कप विल स्मृति फुटबल सोमबार देखि सुरु हुँदै

पोखरा १३ मा रहेको संगम क्लबको आयोजनामा सोमबार देखि आठौँ संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । फुटवल खेलको विकास गर्ने उद्धेश्यले यही फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ ।

सोमबार पहिलो खेल आयोजक संगम क्लव र सत्य युवा क्लव बी १३ बीच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । त्यसै गरी सोमबार नै सितल ज्योति क्लव र एल.जी.एशोसीयसनबीच दोश्रो खेल हुनेछ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संयोजक मायाले बताए । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीमा आबद्ध भएका क्लबहरुबीच मात्र प्रतिस्पर्धा हुने प्रतियोगिताबाट कास्कीको टिम तयार पार्न २५ जना खेलाडीहरु छनौट समेत गरिने भएको उनले बताए ।

प्रतियोगिताका विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । तल्लो स्तरबाटै फुटबल खेलको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्दै आएको उनले जनाए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरलाई जनहि ५-५ हजार पुरस्कार प्रदान गरिने भएको छ । आयोजक संगम क्लबले २०६८ मा जिल्लामा छनौट भई राष्ट्रिय लिग समेत खेलेको थियो ।

क्वाटरफाइनलबाट हरेक खेलमा म्यान अफ दी म्याचलाई ट्रफीको साथमा एक हजार रुपैया समेत प्रदान गरिने भएको छ । पुर्व खेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तान समेत रहेका बिल तामाङको स्मृतिमा क्लवले उक्त फुटबल प्रतियोगिता संचालन गरेको हो ।

यसैबीच, सोमबार उक्त प्रतियोगिताको एक समारोहसहित दिउँसो १ः०० बजे कास्की जिल्ला फुटबल संघ (एन्फा) का अध्यक्ष उज्जल रन्जितबाट उद्घाटन हुने कार्यक्रम तय गरिएको क्लबले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button