खेलकुदगण्डकीसमाचार

कास्की मोडर्नाइज्ड एकेडेमीलाई हिसान गण्डकी फुटसलको उपाधि

कास्की मोडर्नाइज्ड एकेडेमीले प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको उपाधि जितेको छ । कास्की मोडर्नाइज्ड एकेडेमीले जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले हराउदै उपाधि हात पार्न सफल भएको हो ।

हिसान कास्की छनौट प्रतियोगतामा जेसिएसँग हारको बदला लिदै कास्की मोडर्नाइज्ड एकेडेमीले उपाधि साथै नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भयो । उपविजेता बनेको जेसिएले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो । निर्धारीत समयमा २-२ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

निर्धारित समयको खेलमा कास्की मोडर्नाइजका लागि प्रनिल रायमाझीले दुई गोल गरे भने जेसिएका लागि निशान गुरुङ र लोहार पुनले एक-एक गोल गरे । खेलको अन्तिम मिनेटमा कास्की मोडर्नाइजका चार खेलाडीमा सिमित भयो । विजय गिरीले रातो कार्ड खादै बाहिरीए पछि चार खेलाडीमा सिमित भएको थियो । मंगलबारको खेलमा फ्युचर ब्राइटर बाग्लुङसँग हारेको जेसिएले उजुरी गरेपछि बुधबार फाइनल खेल खेल्ने मौका पाएको हो । ब्राइटरले फर्जि खेलाडी खेलाएपछि आयोजकले जेसिएलाई फाइनल खेल्न दिएको थियो ।

फाइनल खेलमा म्यान अफ दि म्याच भएका कास्की मोडर्नाइज्ड एकेडेमीका गोल किपर रोहन क्षेत्री प्रतियोगिताकै उत्कृष्ट गोलकिपर पनि बने । त्यसैगरी एकेडेमी कै प्रनिल रानाभाट प्रतियोगिता अवधिभर १० गोल गर्दै हाइस्कोरर बन्न सफल भए । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि भने जेसिएका विकास परियारले पाए । फाइनल खेलको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोगी हुने बताए ।

प्रतियोगिताका विजयी खेलाडीलाई गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका निर्देशक अम्बिका प्रसाद आचार्य, आयोजन हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सचिब पुण्य प्रसाद शर्मा, सबिन ममोरियल क्लब पोखराका अध्यक्ष संजय लिगल, प्रतियोगिताका संयोजक सन्तो पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले भाग लिएका थिए । सहभागी टोलीहरुमा कक्षा ११ र १२ का विद्यार्थीहरुले भाग लिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button