कास्कीगण्डकीसमाचार

पोखरामा एकै रात तीन बैंकको एटिएम लुट्ने प्रयास, दुई पक्राउ

पोखरामा एकै रात तीन बैंकको एटिएम लुट्ने प्रयास गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार राति पोखरा-१० रामबजारस्थित एनआईसी एसिया बैंकको एटिएम, पोखरा-१५ वनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटिएम र पोखरा-१५ कै रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएममा ढुङ्गा हानी तोडफोड गर्ने प्रयास गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर गाईघाट न.पा. वडा नं.७ स्थायी घर भएका २१ वर्षीय सुशिल चाम्लिङ राई र लमजुङको मर्स्याङ्दी गा.पा. वडा नं.४ स्थायी घर भई २१ वर्षीय लु बहादुर गुरुङ (अर्जुन) रहेको प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जनाएका छन् ।

उनीहरु दुवैजना हाल पोखरा-१७ छोरेपाटन बस्दै आएको प्रहरीले उल्लेख गरेको छ । मध्यराति १२:१० बजेदेखि बिहान ४:०२ बजेसम्मै लुटपाटको प्रयास भएको थियो । एटिएममा रहेको सिसिटिभी क्यामेरालाई छोपेर मेसिनलाई तोडफोड गर्न लागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको खड्काले जानकारी दिए ।

उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट दश दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button