कास्कीगण्डकीसमाचार

वडाध्यक्षलाई कारवाही नभएसम्म माछापुच्छ्रे गाउँपालिकामा कर्मचारीको कलम बन्द आन्दोलन

माछापुच्छ्रे गाउँपालिकामा सहायक सब इञ्जिनियरलाई वडाध्यक्षले कुटपिट गरेको घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीले सम्पुर्ण कामकाज ठप्प पार्ने गरि कलम बन्द आन्दोलन गर्ने भएका छन् ।

गाउँपालिकाका कर्मचारीले आज एक विज्ञप्ति जारी गर्दै फागुन १२ गते माछापुच्छ्रे-८ का वडाध्यक्ष राम बहादुर गुरुङले सहायक सब इञ्जिनियर लक्ष्मण जिसीलाई बिहान १०:४६ बजे रक्ताम्मे हुनेगरी शारीरिक चोटपटक पुर्याएकोमा खेद व्यक्त गरेका छन् । विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीलाई अनावश्यक दबाब दिने, धम्की दिने, भौतिक रुपमा आक्रमण गर्ने जस्ता खेदपुर्वक गतिविधि भएको भन्दै कर्मचारीमा त्रासदीपुर्ण वातावरण सिर्जना भएको उल्लेख गरिएको छ ।

आगामी दिनमा यस्ता घटना नदोहिरिने लिखित प्रतिबद्धता हुनुपर्ने भन्दै कर्मचारी परिवारले घाइते जिसीको उपचारको जिम्मा लिनुपर्ने र आरोपितलाई नियम अनुसार कारवाही हुनुपर्ने माग गरेका छन् । साथै माग पूरा नभएसम्म कार्यालयमा कुनै पनि काम नहुने गरि कलम बन्द गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कर्मचारीमाथि सुरक्षा र न्यायको प्रत्याभूति नहुँदासम्म थप विरोधका कार्यक्रम घोषणा गर्न बाध्य हुने उनीहरुको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button