कास्कीगण्डकीसमाचार

राष्ट्रिय आविष्कार केन्द्रका लागि कास्कीमा रहेको निजी जग्गा बेच्दै महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, अभियन्ता तथा वैज्ञानिक महावीर पुनले केन्द्रले काम गरिरहेको वीरगञ्जको कृषि औजार कारखाना र पोखरामा आविष्कार केन्द्रका गर्ने भनिएका काम कारवाही अघि बढाउन आफ्नो निजी जग्गा बिक्रीमा राखेका छन् ।

आज एक फेसबुक पोस्टमार्फत उनले आफ्नो नाममा पोखरा महानगर वडा नम्बर २८ ठूलाकोटमा रहेको २८ रोपनी जग्गा बिक्रीमा रहेको जानकारी दिएका हुन् । उनले सो जग्गा पाँच वर्ष अघि नै आविष्कार केन्द्रलाई दिइसकेका थिए । पोखराकै सबैभन्दा उचाईमा रहेको डाँडा मध्ये एक ठूलाकोटको डाँडाबाट दक्षिणमा पूरा पोखरासहित उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button