नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बनाइएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र बुझाएका हुन् । निर्वाचनमा पौडेललाई माओवादी केन्द्रसहित विभिन्न ८ दलले सहयोग गर्ने बताइसकेका छन् ।
यस अघि आजै नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् । राष्ट्रपति पदका लागि आज ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेको छ ।