राजनीतिसमाचार

राप्रपाले समर्थन फिर्ता लिए के होला गण्डकी सरकार ?

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले संघ तथा प्रदेश दुवैतर्फ सरकार दिएको समर्थन फिर्ता लिने बताएसँगै गण्डकी प्रदेश सरकार कठिन अवस्थामा पुगेको छ ।

सरकार गठन हुन चाहिने थ्रेसहोल्डको निकै नजिक बसेर बनेको गण्डकी प्रदेश सरकारबाट एक घटक बाहिरिँदा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो । गण्डकी प्रदेशमा राप्रपाले आज आइतबार सरकारबाट बाहिँरिदै समर्थन पनि फिर्ता लिने तयारी गरेको छ । गण्डकी प्रदेश सभामा दुई सदस्यीय प्रतिनिधित्व रहेको राप्रपाबाट पञ्चराम गुरुङ गण्डकी क्याबिनेटमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री रहेका छन् ।

गण्डकीमा सरकार गठनका बेला एमालेलाई माओवादी, राप्रपा र स्वतन्त्र सांसद गरि ३३ जनाको समर्थन प्राप्त भएको थियो । कुल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तिमा ३१ सांसदको समर्थनको आवश्यकता रहन्छ । यसरी हेर्दा राप्रपा बाहिरिने बित्तिकै एमाले सरकार न्युनतम थ्रेसहोल्डमा पुग्दछ । केन्द्रमा माओवादीले काङ्ग्रेस र समाजवादीलगायतका दलले राष्ट्रपति निर्वाचनका लागि छुट्टै गठबन्धन बनाएपछि देशभरिकै सत्ता समीकरणमा फेरबदल हुने सम्भावना देखिएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने बखत गठबन्धनलाई सघाएका एक स्वतन्त्र उम्मेदवार पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

हाल गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको २८, एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सांसद रहेका छन् । अंक गणितका हिसाबले राप्रपाले समर्थन फिर्ता लिएपछि अब एमाले सरकार कायम हुन कम्तिमा माओवादीका साथै एकीकृत समाजवादीका सांसदको समर्थन अनिवार्य रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button