एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
आइतबार बिहान ९ बजे आइपिओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यलयमा बाँडफाँड कार्यक्रम गरिएको हो । कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गतेसम्म ६ लाख ९७ हजार २०० कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आइपिओमा १४ लाख २५ हजार ७२० आवेदकबाट १ करोड ५४ लाख ४५ हजार ८२० कित्ताका लागि सदर आवेदन परेको थियो ।
माग भन्दा करिब २२ गुणा बढी कित्ताका लागि आवेदन परेका कारण आइपिओ पर्न भाग्य कै भर पर्नुपर्नेछ । बाँडफाँड अनुसार कुल आवेदक मध्ये ६९ हजार ७२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बाँडफाँडको नतिजा केहीसमय पछि सार्वजनिक हुनेछ ।