कास्कीगण्डकीसमाचार

पोखरा महानगर-४ का वडासदस्य श्रेष्ठको निधन

पोखरा महानगर-४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ ।

पोखराको गणेशटोल निवासी श्रेष्ठको शनिबार राति करिब २:३० बजे फिस्टेल अस्पतालमा मृत्यु भएको हो । ५२ वर्षीय श्रेष्ठ शुक्रबार उपचारका लागि फिस्टेल अस्पताल पुगेका थिए । विगत केही समय देखि बिरामी श्रेष्ठलाई जन्डिस पनि भएको जनाइएको छ ।

उनको आइतबार नै सेती किनार तुलसीघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।स्वर्गीय श्रेष्ठको दुई छोरा, एक छोरी र श्रीमती छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button