कास्कीगण्डकीसमाचार

कास्कीको अन्नपूर्ण गाउँपालिकामा विद्यार्थीलाई कोरियाको “खसीले मसी” सहयोग

अन्नपूर्ण गाउँपालिका वडा नं. ९ स्थित भूमे आधारभूत विद्यालय सुदामे र श्री भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाई कोरियालो डिजी युनिभर्सिटीका अध्यक्ष हुङ्ग लिले स्कुल ब्याग र अभिभावकलाई बाख्रा सहयोग वितरण गरेका छन् ।

डिजी युनिभर्सिटी कोरियाका अध्यक्ष लिले सरकारी विद्यालयमा पढ्ने ग्रामीण क्षेत्रका विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्धेश्यले सहयोग गर्दा पाएको स्वागत नै आफ्ना लागि पुरस्कार भएको बताए । लिले थपे, हामी पनि कोरियाका विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई स्वागत गर्न र सघाउन प्रतिवद्ध छौं । युनिभर्सिटीको अभियन विभाग र पाककला विभागका प्रमुख हुङ गो लि, ज्याङ जिओन लि, मुन जुङ चोइ, हुङ इयुन जोङले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर गरिरहने जानकारी दिए ।

कोरियाली टिमले भूमे आधारभूत विद्यालय सुदामेका विद्यार्थीलाई ९० वटा स्कुल व्याग र २० वटा माऊ बाख्रा वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पुप्षा पुनले बाख्रा वितरणले विद्यार्थीको शैक्षिक खर्च पूरा हुने बताइन । अभिभावकले पाएको बाख्रा र विद्यार्थीको शैक्षिक सामग्री यथोचित सदुपयोग हुने प्रधानाध्यापक तेज शर्माले जानकारी दिए ।

कोरियाली टिमले भगवती माध्यमिक विद्यालय तिखेढुङ्गाका विद्यार्थीलाई २ सय वटा स्कुल व्याग र अभिभावकलाई ६० वटा माऊ बाख्रा वितरण गरेको थियो । अर्थ समितिका संयोजक मेजर हितमान गुरुङले स्वयंसेवी प्राध्यापक एवम् कला शिक्षक किमका कारण विद्यालयले सहयोग पाएको बताए ।

गुरुङका अनुसार भिजिट भिसामा नेपाल आउजाउ गर्ने किमले नेपाली विद्यार्थीलाई चित्रकला पनि सिकाएका थिए । उनले अन्नपूर्ण ड्रोइङ ड्रिम टिमका विद्यार्थीलाई श्री भगवती स्कुलको ३ मिटर उचाई र ३० मिटर लम्बाईको पर्खालमा सामूहिक चित्र बनाएर नेपाल कै ठूलो कला निर्माण गर्न लगाएका थिए ।

‘खसीले मसी’ हुन्छ भन्ने सन्देश दिन, विपन्न विद्यार्थीको पढाइलेखाइलाई सहयोग गर्न माऊ बाख्रा वितरण, जाडोमा विद्यार्थीलाई न्यानो कपडा, विद्यालय पोशाक र शैक्षिक सामाग्रीमा वर्षेनी सघाउँदै आएका किमले सहयोगका लागि सहजीकरण गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button