कास्कीगण्डकीसमाचार

कास्कीमा बाल यौन दुरुपयोग मुद्दामा एक जना पक्राउ

कास्कीमा बाल यौन दुरुपयोग मुद्दामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१४ वर्षकी बालिकाले आफूमाथि भएको बाल यौन दुरुपयोग भएको भनि सामाजिक सञ्जालमा अपलोड गरेको घटना सम्बन्धमा पीडित र निजको अभिभावकसँग जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पर्क गरी आरोपितलाई पक्राउ गरेको हो । उनको भिडियोमा टिकटक फेसबुकलगायत सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिएका छन् ।

पीडित पक्षबाट बाल यौन दुरुपयोग शीर्षकमा जाहेरी दिए पश्चात् कानूनको विवादमा परेका बालकलाई नियन्त्रणमा लिई बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button