गण्डकीतनहुँमुख्य खबरराजनीतिसमाचार

भट्टराईको उम्मेदवारी मनोयनका लागि कांग्रेस महामन्त्री थापा तनुहँ आउने

पोखरा, २० चैत । आज हुन गईरहेको उपनिर्वाचनको उम्मेदवारी मनोयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् ।

कांग्रेस केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री गगन थापा तनहु–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन ।

कांग्रेसले तनहु–१ मा गोबिन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने  चितवन–२ मा हुने मनोनयन दर्तामा सहभागी हुने भएका छन् ।

बारा–२ मा  जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेकाले सो क्षेत्रमा भने कांग्रेसको उम्मेदवार रहने छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button