कास्कीगण्डकीसमाचार

पोखराको बेगनास तालमा ३१ वर्षीय युवक मृत फेला

पोखरा, २५ वैशाख । पोखरा महानगरपालिका ३१ स्थित बेगनास तालमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा उदयपुर जिल्ला घर भएका ३१ वर्षीय अनुप भण्डारी रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ८.३० बजे तालमा घोप्टो परेर तैरिरहेको अवस्थामा भण्डारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

मृतकको साथमा भेटिएको परिचयपत्रका आधारमा उनी परराष्ट्रमा मन्त्रालयका कर्मचारी भएको खुलेको छ । उनी राहदानी विभागमा कार्यरत नासु हुन् ।

भण्डारी गए रातिमात्र पोखरा आएको बुझिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button